Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
‘मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिम बढ्यो’ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

‘मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिम बढ्यो’

चिन्तन खबर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार हुने खतरा बढेको बताएका छन् ।

शुक्रबारदेखि च्यासलमा सुरु चौथो केन्द्रीय कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमार्फत ओलीले यस्तो बताएका हुन् । ओलीले विश्व राजनीति र भूराजनीतिक परिवेशमा नयाँ घटनाक्रमहरू विकसित भएका बताउँदै परिवर्तित परिस्थितिले नेपालसामु राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती समेत थपिदिएको बताएका छन् ।

उनले जनादेशबाट गठित आफू नेतृत्वको सरकारलाई परमादेशबाट विस्थापन गरिएपछि मुलुकमा एकपछि अर्को आँच पु¥याउने काम भएको बताएका छन् । ‘जनादेशबाट गठित सरकारलाई परमादेशबाट विस्थापन गर्दै बनेको गठबन्धन सरकारले यस अवधिमा राष्ट्र र जनताका आधारभूत हितमाथि एकपछि अर्को आँच पु¥याउँदै मुलुकलाई गहिरो सङ्कटतिर धकेल्न उद्यत देखिएको छ’, उनले भनेका छन्, ‘राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौताका लागि भएको भित्री तयारी, नागरिकता विधेयक सम्बन्धमा सरकारको अनुचित हठ, जलश्रोतसँग सम्बन्धित हालै भएका कतिपय समझदारीहरू, छिमेक सम्बन्धमा उत्पन्न असन्तुलन आदिका कारण मुलुकको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको छ ।’

उनले सरकारकै गलत नीति र व्यवहारका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिम बढ्दै गएको पनि निष्कर्ष निकालेका छन् । ‘मुलुकको अर्थतन्त्रका प्रायः सबै पर नकारात्मक र जोखिमपूर्ण अवस्थामा पुगेका छन्। महँगीले जनजीवन आक्रान्त बनेको छ। भ्रष्टाचार, बेथिति र कुशासन उत्कर्षमा पुगेको छ। महँगी नियन्त्रण गर्दै जनतालाई राहत दिनुको साटो सरकार बिचौलियाको रोहबर र निर्देशनमा करका दर हेरफेर गर्ने, निश्चित व्यवसायिक घरानालाई पोस्ने र स्वस्थ व्यवसायिक वातावरण, प्रतिस्पर्धा र विधिको शासनलाई बदनाम गराउन केन्द्रित छ।’

ओलीले प्रदेशहरूमा मन्त्रालय र मन्त्रीहरूको संख्याको जथाभावी विस्तार र देखिएको बेथितिका कारण जनतामा प्रादेशिक संरचना, सङ्घीय प्रणाली र समग्रमा राजनीतिक उपलब्धिहरूप्रति नै वितृष्णा बढ्न थालेको उल्लेख गरेका छन् । ‘यसबाट अनुचित लाभ लिन चाहनेहरुलाई बल मिलेको छ । पछिल्ला राजनीतिक उपलब्धीहरु गठबन्धन सरकारका असन्तुलित, अदूरदर्शी नीतिका कारण जोखिममा परेको छ’, उनले भनेका छन्, ‘नेपाल भूराजनीतिक प्रतिस्पर्धामा जाँदैछ । गैरजिम्मेवार क्रियाकलापका कारण मुलुक झन तथा भूराजनीतिमा कुनै अप्रत्यासित धक्का आउँदा झनै कमजोर बन्दै गएको छ ।’