काठमाडौं । रेखा थापाले आगामी निर्वाचनमा मोरङ ३ बाट उम्मेद्वारी दिनुहुने भएको छ । उहाँले प्रतिनिधिसभा सदस्यमा लागि प्रत्यक्ष तर्फ उम्मेद्वारी दिन लाग्नु भएको हो ।
राप्रपाकी केन्द्रीय सदस्य थापाले उम्मेद्वारी दिन लाग्नुभएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका गर्नुभएको छ । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उहाँले भन्नुभयो ।
गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिनुभएको थियो । तर, उनी कुन्ती शाहीसँग पराजित हुनुभएको थियो ।
अब आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्यमा निर्वाचनमा उहा प्रत्यक्षबाट उठ्न लड्नुभएको हो । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया