दमक । झापा क्षेत्र नम्बर ५ नेकपा (एमाले) केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यहाँ एमाले बाहेकका अन्य दललाई उम्मेद्वार बन्न निकै चुनौति पूर्ण देखिएको छ । यहाँ सबै दल गठबन्धन गरेर आएपनि एमाले एक्लै भारी देखिएको हो ।
केपी ओलीको क्षेत्र यहि भएकाले यस पटक पनि उहाँ झापा ५ बाटै उम्मेदार बन्ने लगभग निश्चित जस्ते हो । ओलीसँग भिड्न अन्य कांग्रेसमा विस्वदीप लिङदेनसहित अन्य दुईजनाको चर्चा छ । लिङ्देनले २०६४ सालको निर्वाचनमा माओवादीबाट उम्मेद्वार बनेर ओलीलाई पराजित गराउनु भएको थियो । लिङ्देन अहिले भने माओवादी छोडेर कांग्रेसमा हुनुहुन्छ ।
त्यस्तै कांग्रेस भित्र अर्का उम्मेद्वारका आकांक्षी छन यस भन्दा अघिल्लो पटक अध्यक्ष ओलीसंग पराजित हुनुभएका त्रिभूवन विस्व विद्यालयका उप प्राध्यापक डा. खगेन्द्र पाण्डव अधीकारी र अर्का एकजना नेपाली काग्रेसका बिभिन्न भातृ संगठनको नेतृत्व गर्दै आउनुभएका मेदनी सिटौला उहाँले पनि उम्मेद्वारीका लागि सक्रियता बढाइरहनु भएको छ ।
यस्तो छ अंकगणित
झापा–५ दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं १ देखि ८ सम्म, गौरीगञ्जको ३ देखि ६ वडा पर्छ ।
कुल २९ वडा रहेको झापा–५ मा स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा जितेको छ । सत्तारुढ गठबन्धनको समर्थन पाएका राप्रपा उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा कांग्रेसले जितेको छ ।
झापा–५ भित्र पर्ने विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत हिसाब गर्दा एमाले पहिलो छ । एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र एकीकृत समाजवादीले १ हजार ९८८ मत ल्याएका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा एमालेको भन्दा ६ हजार ८२१ मत कम छ ।
२०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष ओलीले देशभरको सर्वाधिक मतान्तरले कांग्रेस उम्मेदवारलाई हराउनु भएको थियो । ओलीले ५७ हजार १३९ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याउनुभएको थियो । दुई उम्मेदवारबीचको मतान्तर २८ हजार ८४२ थियो ।
प्रतिक्रिया