मोरङ । सुनसरीको धरान उपमहानगरपालिका–६ का २३ बर्षीय इशानबहादुर कार्की पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
हिजो दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारेका थिए ।
कार्कीलाई उपचारका लागि आफन्तले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया