पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धमिराको ढिस्कोमुनि हुनसक्छ सुनखानी !

चिन्तन खबर

काठमाडौं । सुन कहाँ पाइन्छ भन्ने तपाईं सोच्नुहुन्छ होला । सामान्यता सुन खानीहरुबाट उत्खनन गरिन्छ । महँगो भएका कारण सुन लगाउने इच्छा हुँदा हुँदै पनि लगाउन नसकेर तपाई चिन्तित हुनुहुन्छ होला ।

तर सुन तपाईंकै घर आगनमा पनि पनि पाइन सकिने नयाँ तथ्य सार्वजनिक भएको छ । वैज्ञानिकहरुका अनुसार धमिराले लगाउने माटोको ढिस्को मुनि सुन हुने सम्भावना अत्याधिक हुन्छ । अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानका अनुसार कुनै पनि क्षेत्रका सुनको खानी पत्ता लगाउनका लागि धमिराले बनाएका माटोको ढिस्को, माटोको अवस्थिति महत्वपूर्ण हुने गर्दछ ।

अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्ड्रस्टियल रिसर्च अर्गनाइजेशनका अनुसन्धान कर्ताका अनुसार यस्ता क्षेत्रमा सुनको तत्व रहेको पाइएको हो । ती स्थानहरुमा अर्गानिक कार्वनको मात्रा धेरै भएको स्थानमा सून पाइने भएको हो । जुन स्थानमा धेरै आद्रता हुन्छ त्यस्ता स्थानमा सुन पाइने सम्भावना बढी रहेको अनुसन्धानले देखाएको छ ।

त्यस्तै अहिले सुन उत्खनन भइरहेको स्थानको अझ गहिराइमा उत्खनन गर्ने हो भने अझ धेरै मात्रामा सुन पाइने अनुसन्धानले देखाएको शोधकर्ताहरुको दावी रहेको छ । अनुसन्धानका क्रममा कम्बोडियाका १ लाख १० हजार धमिराले बनाएको ढिस्कोमा नमुना संकलन गरी अनुसन्धान गर्दा सात स्थानमा सुन, तामा लगायका खानीको भण्डारण पत्ता लागेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।