Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरलाई मुलुकभरी चिनाउने मानिस अहिले उम्मेदवार बनेको छः पूर्वमन्त्री नेम्बाङ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरलाई मुलुकभरी चिनाउने मानिस अहिले उम्मेदवार बनेको छः पूर्वमन्त्री नेम्बाङ

चिन्तन खबर

फिदिम । पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले आफू मन्त्री भएपछि छोटो अवधिमा पाँचथर जिल्लालाई मुलुकभरी चिनाउने काम गरेको वताउनुभएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा करीब डेढ वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहि मुलुकभर चर्चा कमाउनुभएका नेम्बाङले जिल्लालाई मुलुकभरी चिनाउने मानिस आज उम्मेदवारका रुपमा जनताको घरदैलोमा आएको वताउनुभयो ।

मतदातासँग भेटघाट गर्ने क्रममा हिँजो जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. २ मौवा पुग्नुभएका नेम्बाङले भन्नुभयो, “जिम्मेवारी बहन गर्ने नेता चाहिन्छ । हामी दावा गर्छौं, पाँचथर जिल्लामा मात्र होइन्, शीर ठाडो गर्नुहोस् पाँचथर जिल्लालाई हामीले मुलुकमा चिनारी गरेका छौं एक वर्षमा”, नेम्बाङ भन्नुभयो, “त्यो उम्मेदवार अहिले एमालेले दिएर भोट माग्न यहाँ उपस्थित भएका छौं ।”

सबै पार्टीका नेता कार्यकर्ताहरु, जिल्लावासीहरुले पार्टीलाई ठूलो नमानी बावु बाजेदेखिको सुख, शान्ति र समृद्धि प्राप्तिको अभिलाषा पूरा गर्न आफूहरुले सुरुआत गरेको र अब त्यसलाई पूरा गर्ने उहाँले वताउनुभयो । जिल्लावासीको सुख, शान्ति र समृद्धिभन्दा अर्को ठूलो कुरा आफूहरुका लागि केही नभएको नेम्बाङको भनाई थियो ।

नेम्बाङले आफू करीब १८ महिना मन्त्री हुँदा जिल्लामा स–सानादेखि ठूल्ठुला विकास निर्माणका आयोजना सुरुआत गरेको वताउनुभयो । सामाजिक सुरक्षामार्फत जेष्ठ नागरिक, एकल महिला, दलित लगायतको जिविकोपार्जनमा सहयोग गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रममार्फत फुसको छानो हटाउने कार्यक्रम सुरुआत गरिएको, भूमिहीनलाई लालपूर्जा दिने ब्यवस्थाका लागि काम थालिएको वताउनुभयो । हिलिहाङ, कुम्मायक र तुम्बेवाका खानेपानीको अभाव रहेका क्षेत्रमा खानेपानी पु¥याउन आफ्नै अगुवाईमा योजना छुट्टिएर आयोजनाहरु निर्माण सम्पन्न हुन थालेको उहाँको भनाई छ ।