Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा १५ मतदान अधिकृत महिला, ३४ केन्द्र अतिसंवेदनशील « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा १५ मतदान अधिकृत महिला, ३४ केन्द्र अतिसंवेदनशील

चिन्तन खबर

फिदिम । आइतवार हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचथरमा १५ जना महिला निर्वाचन अधिकृत खटिएका छन् । यस्तै ४३ जना सहायक मतदान अधिकृत महिला छन् ।

एक मात्रै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा १०२ मतदान स्थल र १७७ वटा मतदान केन्द्र छन् । यस्तै यस पटक जिल्ला कारागार फिदिम र फिदिम नगरपालिका–२ साम्दिनमा अस्थायी मतदान केन्द्र समेत स्थापना गरिएको छ । यी मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी एक हजार ४२२ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा मङ्सिर १ गते नै सबै मतदान केन्द्रसम्म मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मी मतदानका लागि आवश्यक सामग्री सहित पुगिसकेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा मतदानको ब्यवस्थाका लागि संरचना निर्माण तथा उम्मेदवारका प्रतिनिधि सहभागी बैठक आयोजना गरिएको छ । प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने, प्रतिनिधि सभा सदस्यको समानुपातिक, प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको गरी जिल्लामा ६ लाख १० हजार मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृत टीकेन्द्र दाहालले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका ३४ वटा मतदान केन्द्र अति संवेदनशील देखिएका छन् । यी मतदान केन्द्रको सुरक्षा, निर्वाचनको निश्पक्षता र भयरहित वातावरण निर्माणका लागि छुट्टै योजना र सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो । अति संवेदनशील मानिएका मतदान केन्द्र निर्वाचनको विरोधमा रहेका समूहहरुको उपस्थिति र गतिविधि, निर्वाचनमा सामेल दलहरुका गतिविधि, विगतको पृष्ठभूमि, सदरमुकामसँगको दूरी तथा भौगोलिक अवस्थिति लगायत आधारमा तय भएको प्रजिअ गैरेले जानकारी दिनुभयो । आफ्नो बलियो उपस्थिति रहेका जिल्लाका केही मतदान केन्द्रमा केही दलले बुथ कब्जाको प्रयास गर्ने, मतदातालाई धम्क्याउने वा दबाव दिने तथा भयको स्थिति सिर्जना गर्नेजस्ता कारणले संवेदनशील मतदान केन्द्रको सङ्ख्या ठूलो भएको हो ।

जिल्लामा कूल एक लाख ३८ हजार ९३२ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । जसमध्ये पुरुष ७३ हजार ३६६ र महिला ६५ हजार ५६६ रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य पदमा १५ जना, प्रदेश सभा क्षेत्र नं. १ मा १० जना र प्रदेश सभा क्षेत्र नं. १ मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।