Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
आहालमा डुबेर बालकको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

आहालमा डुबेर बालकको मृत्यु

चिन्तन खबर

फिदिम । घर निर्माणका लागि पानी जम्मा गर्न बनाइएको आहालमा डुबेर हिँजो पाँचथरमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको फिदिम नगरपालिका–६ सिवा घर भई फिदिम नगरपालिका–१ वुद्धमार्गमा बस्दै आएका विशाल मगरका तीन वर्षीय छोरा आरुषको हिँजो दिउँसो फिदिम–२ पल्लोटारमा पोखरीमा डुबेर मृत्यु भएको हो । सुरेन्द्र जबेगूले निर्माण गरिरहेको घरमा काम गर्न गएकी विशालकी श्रीमती छेम्बी राईसँगै बालक पल्लोटार पुगेका थिए ।

खेल्ने क्रममा पोखरीमा डुबेर अचेत बनेको अवस्थामा बालकलाई जबेगूले फेला पारेपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अपराह्न ४ः२२ मा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घरबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।