Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अमेरिकामा अर्को गोलीकाण्ड, सात जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अमेरिकामा अर्को गोलीकाण्ड, सात जनाको मृत्यु

चिन्तन खबर

काठमाडौं । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमवार भएका दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। दुवै घटनामा संलग्न भएका एक सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।

सोही राज्यमा दुई दिनअघि एउटा नाचघरमा भएको घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। सोमवारका आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएका थिए। उक्त सहर सान फ्रान्सिस्कोबाट ५० किलोमिटर दक्षिणमा पर्छ। आक्रमणकारी सोही सहरमा बस्ने ६७ वर्षे पुरुष भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको नाम झाओ चुन्ली हो। चिनियाँ नववर्षका बेला मन्टरे पार्क सहरमा भएको भयानक आक्रमणको दुई दिनपछि फेरि उस्तै प्रकृतिको घटना भएको छ।

मन्टरे पार्क सहरमा एशियाली मूलका मानिसको बाहुल्य छ। सोमवारका घटनाका सन्दिग्ध आक्रमणकारी दुई घण्टापछि आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गएको दृश्य सञ्चारमाध्यमहरूले खिचेका छन्। उनले आक्रमण गरेर हत्या गरेका चार व्यक्तिको शव च्याउखेती गर्ने फारममा स्थानीय समयानुसार दिउँसो २ः२२ बजे फेला परेका थिए। पछि थप तीन जनाको शरीर नजिकै रहको एउटा स्थानमा फेला परे।

अनुसन्धानकर्ताहरूले आक्रमणको कारण खुलाइसकेका छैनन्। सान माटिओ काउन्टीकी प्रहरी अधिकारी क्रिस्टिना कर्पसले सन्दिग्ध आक्रमणकारी दिउँसो ४:४० बजे स्थानीय प्रहरी कार्यालयमा गाडी चलाएर आएका थिए र उनलाई त्यहीँ पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट आक्रमणमा प्रयोग भएको एउटा अर्धस्वचालित पिस्टल फेला पार्‍यो। कर्पसका अनुसार उनले गोली हानेका आठौँ व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। “यस खालको गोलीकाण्ड भयानक हुन्छ,” कर्पसले भनिन्।

“हामीले यस्ता खालका दुःखद घटना बारम्बार सुनिरहेका छौँ। तर आज यस्तै घटना हाम्रो गृहनगर सान माटिओमा भएको छ।” एउटा प्रेस कन्फरेन्समा उनले उक्त घटनाका बालबालिकाहरू पनि प्रत्यक्षदर्शी भएको बताइन्। “बालबालिकाले त्यो देख्नु अवर्णनीय कुरा हो,” उनले भनिन्। क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूसमले ट्वीटमा एउटा गोलीकाण्डका घाइतेहरूसँग अस्पतालमा भेट्दै गर्दा अर्को गोलीकाण्डबारे जानकारी दिन आफूलाई लगिएको उल्लेख गरेका छन्। “यसपालि हाफ मुन बेमा। एउटा दुःखद घटनापछि अर्को।”

हाफ मुन बे काउन्सिलका एक सदस्यका अनुसार उक्त आक्रमणमा ज्यान गुमाउने र घाइते हुने सबै जना चिनियाँ कृषिमजदुर हुन्। सान माटियो काउन्टीका एक अधिकारीले समाचारसंस्था एपीलाई बताएअनुसार “एक असन्तुष्ट कामदार” ले ती आक्रमण गरेका हुन्। “हाफ मुन बेमा भएको दुःखद घटनाबाट हामी व्यथित भएका छौँ,” डेभ पिनले एउटा विज्ञप्तिमा भनेका छन्। “बन्दुकबाट हुने हिंसा हाम्रै घरमा आइपुगेको छ। मन्टरे पार्कमा भएको भयानक गोलीकाण्डमा मृत्यु भएका मानिसप्रति हामीले शोक मनाउन पनि समय पाएनौँ। बन्दुकबाट हुने हिंसा रोकिनुपर्छ।” (बीबीसी नेपालीबाट)