काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले सञ्चालन गर्न लागेको ‘मिसन ग्रासरुट’ अभियानका लागि सात वटै प्रदेशमा पार्टीका उपाध्यक्ष र सचिवलाई जिम्मेवारी दिएको छ । पार्टी संगठन सुदृढिकरण एवम् गर्ने एमालेको अभियान ‘मिसन ग्रासरुट’ यहि फागुन ५ गतेबाट सुरु हुँदैछ । सात वटै प्रदेश र विशेष प्रदेशको अभियानलाई अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
यस अभियानअन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू स्थानीय तह (पालिका)मा दुई महिनासम्म खटिने छन् । एक जना केन्द्रीय सदस्यलाई न्यूनतम ३ वटा पालिकाको जिम्मेवारी र ११ वटा कार्यादेश दिई एमालेले जनस्तरमा पठाउन लागेको हो । ‘११ वटा कार्यादेशमा पार्टी सदस्यता नवीकरण गर्ने, पार्टी कमिटीहरुको व्यवस्थापन गर्ने, प्रशिक्षण गर्ने, भेला, बैठक अन्तरक्रिया गर्ने, स्थानीय समस्या बुझ्ने, पार्टीभित्रको अन्तरविरोध हेर्ने र हल समेत गर्ने लगायत जिम्मेवारी तोकिएको छ ।
अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू प्रदेशमा खटिने भएका छन् । हालै सम्पन्न केन्द्रीय सचिवालयको सचिवालयको निर्णयअनुसार अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनमा खटाइएका नेताहरुको हालै बसेको बैठकले शीर्ष नेताहरुको समेत क्षेत्र निर्धारण गरेको छ ।
कुन नेता कहाँको जिम्मेवारी ?
प्रदेश नं. १
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु राजेन्द्रप्रसाद गौतम, शेरधन राई, हिक्मत कार्की र अग्निप्रसाद खरेल ।
मधेश प्रदेश
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल ।
बागमती प्रदेश
उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्णराज विष्ट, नेताहरु काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ ।
गण्डकी प्रदेश
उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमा अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा ।
लुम्बिनी प्रदेश
उपाध्यक्ष रामबहादुर थापा, सचिव छविलाल विश्वकर्मा, नेताहरु भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।
कर्णाली प्रदेश
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेश भट्टराई, नेताहरु भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी ।
सुदूरपश्चिम प्रदेश
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट, नेताहरु मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।
विशेष कमिटी (केन्द्रीय कार्यालय)
महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारी ।
प्रतिक्रिया