धनुषा । धनुषामा बलात्कार मुद्दाका एक आरोपी प्रहरीकै गाडिबाट भागेका छन् । जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा हिजो साँझ ७ बजे यदुकोहाबाट मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आरोपी सबैला नगरपालिका १३ का २८ वर्षीय राजाबाबु मुखिया रहेको प्रहरीले जनाएको छ ।
मुखिया कमला नहरमा हाम फालेर भागेको बुझिएको छ ।
प्रहरीले लखेटे पनि समात्न सकेनन् ।
रातभर जिल्लाभरका प्रहरी उनको खोजी गरेपनि फेला पर्न नसकेको बुझिएको छ ।
प्रतिक्रिया