Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान

चिन्तन खबर

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का दरले रु ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गराएको हो ।

आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित रहेर प्रतिलिटर रु १५ अनुदान दुग्ध उत्पादक किसानलाई उपलब्ध गराउँदै आएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको रकम पहिलो किस्तास्वरुप उपलब्ध गराइएको उनले बताए । गल्याङ नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको उपप्रमुख हेमा न्यौपानेले बताइन् । नगरपालिकाले प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएकाले किसानहरु पछिल्लो समय दूध उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् भने उत्पादन पनि वृद्धि हुँदै गएको उपप्रमुख न्यौपानेको दाबी छ ।