फिदिम । जिल्लाको सदरमुकाम समेत रहेको फिदिम नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका युवा नेता यामकुमार श्रेष्ठले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
काँग्रेसको फिदिम नगर कार्यसमितिको सचिव तथा नेपाल तरुण दल जिल्ला कार्यसमितिको सचिव रहिसक्नु भएका श्रेष्ठले काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वार बन्ने आकाङ्क्षा राख्नुभएको थियो । तर सो अवसर नपाएपछि श्रेष्ठले आज स्वतन्त्र उम्मेद्वारी गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।
काँग्रेसको गत महाधिवेशनमा बहुमतले पेलेर वडा कार्यसमितिबाट क्षेत्रीय प्रतिनिधि बन्नबाट समेत रोकेपछि श्रेष्ठ काँग्रेसमा जिम्मेवारीविहीन अवस्थामा रहनुभएको छ ।
फिदिम नगरपालिका वडा नं. १ मा नेकपा (एमाले)का तर्फबाट गजाधर भट्टराई वडाध्यक्षको उम्मेद्वार बन्नुभएको छ । उहाँलाई राप्रपा सहितका दलको समर्थन छ । काँग्रेस सहितको सत्तारुढ गठबन्धनबाट सन्तोष मोक्तान वडाध्यक्षको उम्मेद्वार बन्नुभएको छ ।
प्रतिक्रिया