Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
आफु अपहरणमा परेको भ्रम फैलाएर आतंकित बनाउने पूर्ण सुहाङ पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

आफु अपहरणमा परेको भ्रम फैलाएर आतंकित बनाउने पूर्ण सुहाङ पक्राउ

चिन्तन खबर

झापा । केही दिन अघि झापाको बुद्धशान्ति ४ का पुर्ण सुहाङ भनिने शेर बहादुर सुहाङ मध्यरातमा अपहरणमा परेको खबर छ्यापछ्याप्ति भयो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै कारण सुहाङलाई अपहरण गरिएयो भन्ने विषय धेरैले टिप्पणी गरे ।

उनको अपहरण भएको भन्ने निवेदन प्रहरीमा परेपछि झापा प्रहरी उनको खोजिमा सकृय भयो । उनको अपहरणमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो ।

प्रहरीले खोजि गर्ने क्रममा स्थानियहरुको सहयोगमा बुधबार ईलाम जिल्ला रोङ गाउँपालिका वडा नम्बर .४ स्थित बिरिङखोलाको पुलमुनीबाट फेला पार्यो त्यसपछि अनुसन्धान अघि बढायो ।

अनुसन्धानका क्रममा प्रहरीले अपहरण नभएर पुर्ण र उनका साथि प्रेम भन्ने फुल बहादुर गौतम दर्जीले रचेको एउटा नाटक भएको प्रहरीले पुष्टि गर्यो । उनीहरु दुबैजना मिली बुद्धशान्ति ७ पैनिमा आफुले लगाएको टि–सर्ट च्याति, घडि समेत चुडाई फाली भ्रम सिर्जना गरी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ।

बैशाख ३१ गते बुद्धशान्ति गाउँपालिका–४ बाट पूर्ण सुहाङको अपहरण भएको भन्दै उजुरी परेको थियो ।

अपहरणको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका स्थानीय करण लाबुङ, शुक्रराज लिम्बू, नवराज लिम्बू र सुमन योङ्हाङ निर्दोश भएको प्रमाणीत भएपछि प्रहरी रिहा गरेको छ ।

यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।