काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा १९ जनालाई आम माफी दिएका छन् । सोहि अवसरमा ४८२ जना कैदीको बाँकी कैद माफी मिनाह समेत हुने भएको छ ।
आम माफी र बाँकी कैद मिनाहा पाउनेहरु सोमबार गणतन्त्र दिवसको अवसरमा छ्ट्ने छन् ।
कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ ।
यस्तै विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आम माफी दिन सक्ने व्यवस्था पनि कानूनमा छ ।
प्रतिक्रिया