पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयर मित्रप्रसाद काफ्लेले २ करोड दिएको ‘अडियो’ सत्य भएको दावी

केही गर्दा नभएपछि सार्वजनीक गरेको हुँः प्रकाश गुरुङ

विपुल अधिकारी

फिदिम । पाँचथरको फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले मेयरको टिकटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणालाई २ करोड रुपैयाँ बुझाइएको बारे वार्तालाव गरिएको अडियो सत्य भएको दावी गरिएको छ । काफ्लेले आरजुलाई टिकट ‘फिक्स’ गर्नका लागि २ करोड बुझाइएको उक्त अडियोमा कांग्रेस जिल्ला सह–सचिव सन्तोष श्रेष्ठले स्पष्ट भन्नुभएको छ (अडियोमा सम्बोधन–भान्जा ) । तर श्रेष्ठले मंगलबार दिउसो उक्त भिडियो भ्रामक भएको भन्दै आफ्नो सामाजिक सञ्जालमार्फत उक्त विषयमा खण्डन गर्नुभयो । यता मेयर काफ्लेले पनि समाजिक सञ्जालमा नै एक विज्ञप्ति जारी गर्दै उक्त विषय गलत भएको प्रष्ट्याउन पार्न खोज्नुभएको छ ।

काफ्ले र श्रेष्ठले दिउसो खण्डन गरिरहदा उक्त अडियोमा सम्वाद गर्ने प्रकाश गुरुङ(अडियोमा सम्बोधन–मामा) ले भने मगंलबार राति आफ्नो आधिकारीक फेसबुक लाइभमा उक्त अडियो आफुले सार्वजनीक गरेको बताउनुभयो । गुरुङ नेपाली कांग्रेसको फिदिम नगर समितिको सभापति समेत हुनुहुन्छ । सार्वजनीक गरेको उक्त रेकर्ड सहि भएको भन्दै पार्टीका माथिल्लो तहका नेतालाई बारबार देखाएको तर केही नलागेको उहाँले लाइभ मार्फत प्रष्ट पार्नुभएको हो ।

उहाँले लाइभमा भन्नुभएको छ– “मैले कुनै गल्ति गरेको कहि कतै भेट्नु भयो भने म आजै देखि कुनै पनि चिजलाई परित्याग गर्न सक्छु । म आफु विदेश जान सक्थे तर म जादिन म देशमा नै केही गर्न चाहन्छु । विदेशको सय मिटर पुल भन्दा पनि देशकै एउटा फट्के बनाउनमा मलाई आनन्द आउछ ।”

जनता र नेताका लागि धेरै त्याग गरेको बताउदै गुरुङले भन्नुभयो– “एक जना धनि भएर हुँदैन । त्यो रेकर्ड पार्टीको माथिल्लो तहका नेताहरुलाई समेत देखाएको हो । तर केही लागेन । मैले पार्टीका नेताहरुलाई सकेको सहयोग गरको छु । जति पनि ‘ग्राउण्ड’मा काम गरेको छु त्यतिनै नेताहरुको लागि गरेको छु ।”

“आफुले केही गर्दा नभएपछि मैले उक्त भिडियो सार्वजनीक गरेको हो । यो हालिसकेपछि घरपरिवारले पनि गालि गरे । मेरो टिमले पनि गाली गर्यो तर म इमान र इज्जत फाल्दिन भनेर लागेको हो । सबै त्याग्न यार छु इमान र इज्जत त्याग्दिन”–उहाँले भन्नुभयो ।