Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिदिमका आठ स्थानमा फ्रि वाइफाई « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिदिमका आठ स्थानमा फ्रि वाइफाई

चिन्तन खबर

फिदिम । सदरमुकाम फिदिमका आठ स्थानमा फिदिम नगरपालिकाले निःशुल्क वाइफाई सेवा जडान गरेको छ ।

फिदिम नगरपालिकाको रु. तीन लाखको लागतमा मुख्य आठ स्थानमा फ्रि वाइफाई सेवा उपलब्ध गराई यी स्थानलाई ‘फ्रि वाइफाई जोन’ बनाएको हो । शुक्रवारबाट निःशुल्क वाइफाई सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । आज अपरान्ह फिदिम नगरपालिका–१ वीपी पार्कमा आयोजित कार्यक्रममा नगर प्रमुख काफ्लेले पोष्टर टाँसेर फ्रि वाइफाई जोनको उद्घाटन गर्नुभयो ।

विशेषत ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने सर्वसाधारणको सहजता र विद्यार्थीहरुलाई अध्ययनमा सघाउ पु¥याउने उद्देश्यले फ्रि वाइफाईको ब्यवस्था गरिएको नगर प्रमुख काफ्लेले वताउनुभयो ।

“सदरमुकाम आउने धेरै नागरिकका ब्यक्तिगत काम अनलाइनमा हुने गर्छन् । यस्तो अवस्थामा फिदिमका स्थानीयवासीसँग वाइफाई माग्नु वा डाटा चलाउनुपर्ने बाध्यता हुने गरेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्था नआओस् र विभिन्न तहका अध्ययन गर्ने विद्यार्थीहरुले समेत सहज रुपमा वाइफाईको सुविधा पाउनुहोस् भनेर यो सेवा सुरुआत गरेका हौं ।”

अहिले फिदिमका सुम्हात्लुङ मन्दिर परिसर, वीपी पार्क, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्र चोक, फिदिम माध्यमिक विद्यालयको खेलमैदान, लोकतन्त्र चोक, आहालगैरी र शिवालय मन्दिर परिसरमा फ्रि वाइफाईको ब्यवस्था गरिएको छ । नगरपालिकाले आगामी दिनमा बजारका अन्य क्षेत्रमा समेत निःशुल्क वाइफाई जडान गर्ने योजना बनाएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।