पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन अनेरास्ववियूको माग

चिन्तन खबर

विद्यार्थी, किसान, मजदुरलगायत आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीसहितको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै विपन्न वर्गको उपचारमा विशेष ध्यान दिन माग गरेको हो । अनेरास्ववियूले स्वास्थ्य उपचार गर्न पाउनु हरेक नागरिकको जन्मसिद्ध अधिकार भएको र सोको जिम्मेवार राज्य बन्नुपर्ने बताएको छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको उदासीनता अनेरास्ववियूलाई कदापी स्वीकार्य नभएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कोरोना संक्रमणका कारण हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा राज्यले आर्थिक अभावका कारण उपचार गराउन नसकेका सर्वसाधरणलाई विशेष ध्यान दिनुपर्ने संगठनले माग गरेको हो ।

टिचिङ अस्पताल, वीर अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनलगायतका सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन अनेरास्ववियूले स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरेको छ । उसले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोपको अनिवार्य व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ ।