यासोक । जनसेवा समाज पाँचथरले मनु दुलालको दशै औँ स्मृतीको अवसरमा तीन जनालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । दुलालका श्रीमान नरेस प्रसाइले स्थापना गरेको २ लाख रुपैँयाको मनु दुलाल स्मृती अक्षयकोषबाट पाँचथरका तीन जना विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको हो ।
स्वर्गीय दुलालले अध्यायन गरेको सिद्धेश्वर मा.वि. फिदिम १३ की रेस्मी नेम्बाङ र फालेलुङ ३ की साक्षी राईलाई समान ६ हजार रुपैँया र फिदिम २ कि सपना सार्कीलाई ५ हजार रुपैँयाँ गरी १७ हजार रुपैँया हस्तान्तरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
जनसेवा समाजको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरिएको थियो । हाल अमेरिका बस्दै आउनु भएका प्रसाईले पुनः १ लाख रुपैँयाको कोष स्थापना गरी फिदिम मा.वि.बाट ८ कक्षामा उत्कृष्ट अंक ल्याई पास हुने एक जना छात्रालाई नगद पुरस्कार प्रदान गरिने अध्यक्ष अधिकारीको भनाई छ ।
२०५० सालमा फिदिम १३ लुङरुपामा एकै परिवारका ५ जनाको हत्या भएको थियो । सो हत्याकाण्डमा ज्यान जोगाएकी मनु दुलालको २०७३ श्रावण २९ गते अमेरिकामा हृदयघातबाट निधन भएको थियो । उनै मनु दुलालको स्मृतीमा हरेक वर्ष समाजको समन्वयमा नगद सहयोग हुदै आएको छ ।








प्रतिक्रिया