पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छोराको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना


यासोक । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ को जयनारायण आर्दश मावि मेहेलबोटेमा अक्षयकोष स्थापना गरिएको छ । सोमबार विद्यालयको परिषरमा एक कार्यक्रमको आयोजना गरी नगद १ लाख १ हजार ५५५ रुपैयाँको स्व.दीप आङ्देम्बे स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

बुबा लक्ष्मी प्रसाद र आमा पूर्णिमाया आङ्देम्बेले स्व.छोरा दीप आङ्देम्बेको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्थापना गरिएको अक्षयकोषको व्याज रकमबाट जेहेन्दार र विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिने अक्षयकोषदाता परिवारले जनाएको छ ।

आङ्देम्बेको साउन २७ गते बुधवारका दिन शौचालय निर्माण गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । विद्युतको नाङ्गो तारमा पिलरको रड ठोकिएपछि करेन्ट लागेको थियो । एक मात्रै छोराको मृत्यु भएपछि सम्झना स्वरुप विद्यालयमा अक्षयकोष स्थापना गरेको बुवा लक्ष्मीप्रसाद आङ्देम्बेले जानकारी दिनुभयो ।