Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा कोरोना परीक्षणको जिम्मा स्थानीय तहलाई « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा कोरोना परीक्षणको जिम्मा स्थानीय तहलाई

चिन्तन खबर

फिदिम । जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्रले जिल्लावासीमा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने जिम्मा स्थानीय तहहरुलाई दिएको छ ।

शुक्रवार बसेको जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले स्वाब सङ्कलन गरी जिल्ला बाहिर लगेर पीसीआर परीक्षण गर्न खर्च लाग्ने भएकाले सो काममा हुने खर्चको जिम्मा सम्बन्धित स्थानीय तहले ब्यहोर्नुपर्ने निर्णय गरेको हो । जिल्लामा आरटी पीसीआर परीक्षण गर्ने ब्यवस्था नभएकाले स्वाब सङ्कलन गरी झापा पुर्‍याउनु पर्ने अवस्था छ ।

कोभिड–१९ सङ्क्रमणको दोश्रो लहरमा स्थानीय तहका अतिरिक्त जिल्ला स्वास्थ्य कार्यालयले समेत एण्टिजेन र पीसीआर परीक्षण गर्ने गरेका थिए । तर यस पटक डीसीएमसीले परीक्षणको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको हो ।

डीसीएमसीको उक्त बैठकले कोभिड–१९ को नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण जिल्लामा समेत बढेकाले सङ्क्रमितको उपचारका लागि अक्सिजन, बेड र औषधिको प्रवन्ध गर्न जिल्ला अस्पताललाई निर्देशन दिने निर्णय गरेको छ । समितिले अस्पतालका स्रोत, साधनको उपलब्धताबारे खोजी नगरी सङ्क्रमितको उपचारको प्रवन्ध गर्न निर्देशन दिएको हो ।

स्तै सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन विद्यालयमा कार्यरत नर्सिङ स्टाफलाई जिल्ला अस्पतालमा खटाउन स्थानीय तहहरुलाई आग्रह गर्ने समेत बैठकले निर्णय गरेको छ । उक्त बैठकले १८ वर्ष पूरा भएका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन ब्यवस्था गर्न तथा स्वास्थ्य मापदण्ड पुगेकालाई बुस्टर डोज उपलब्ध गराउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।