फिदिम । फिदिम स्थित बुद्धमार्गमा ढिस्कोले पुरिएका ढुंगानाको निधन भएको छ ।
घर निर्माणका लागि चर पुजा गर्ने क्रममा ढिस्कोले पुरिएर ६५ वर्षका गोपालप्रसाद ढुंगानाको निधन भएको प्रहरीले जनाएको छ ।
पुरिएका ढुंगानालाई प्रहरीले करिव ५० मिनेट पछि उद्धार गरेको थियो ।
उद्धार पश्चात उहाँलाई पाँचथर जिल्ला अस्पाल लगिएको थियो । अस्पातलले उहाँलाई मृत घोषणा गरेको छ ।
उहाँ फिदिम सुखबोध माबी जोरसालका पुर्व प्रध्यानाध्यापक हुनुहुन्थ्यो ।
बुद्धमार्ग स्थित लेखनाथ शिकारुको घरको वाल र सेप्टीट्याङकी समेत भत्किएर झर्दा पुरिएका ढुंगानाको ज्यान गएको हो ।
ढिस्कोले सैलेन्द्र पन्धाककको छोरी ९ वर्षकि साहिसा पन्धाकले नजिकैबाट हेरिरहेको अवस्थामा निज समेतलाई पुरेकोमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र र २ वटा स्काभेटरले उद्दार गरी निज बालिकालाई तत्काल जिल्ला अस्पताल पाँचथर फिदिम उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया