पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमृतका विद्याथीहरुलाई स्कुल पोशाक वितरण


यासोक–पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थीत अमृत आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ । विद्यालयलमा आयोजित एक कार्यक्रमका बीच विद्यालयका ३५ जना विद्यार्थीहरुलाई स्कुल पोषाक वितरण गरिएको हो । विद्यालयमा स्थापना गरिएको “सुसाङमा फेवादेन स्मृति” अक्षयकोषको ब्याजरकमबाट विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण गरिएको विद्यालयका प्रधानाध्यापक भेषराज लावतीले जानकारी दिनुभयो ।

२०७३ सालमा “सुसाङमा फेवादेन स्मृति” बुवा अम्बर बहादुर फेवादेन र आमा देबीन्द्र कुमारी फेवादेन सेर्माले छोरीको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले स्थापना गरिएको अक्षयकोषको ७५ प्रतिशत ब्याज रकमबाट वर्षेनी विद्यार्थीहरुलाई स्कुल पोशाक र शैक्षिक सामाग्री बितरण गर्दै आएको अक्षयकोष संचालन समिति अध्यक्ष पदम फेवादेनले जानकारी दिनुभयो ।

अक्षयकोष रकममा हालसम्म ३ लाख ७५ हजार रुपैयाँ जम्मा भएको फेवादेनको भनाइ छ ।
सोही कार्यक्रममा कक्षा १–५ विद्यार्थीहरुलाई समेत शैक्षिक सामाग्री बितरण गरिएको छ । विद्यालयका कक्षा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री बितरण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा फेवादेन परिवार, अभिभावक, विद्यार्थी शिक्षकहरुको सहभागीता रहेको थियो ।