पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानको होक्काइदोमा डा. महावीर पुनको आत्मकथा बिक्री सुरु

चिन्तन खबर

होक्काइडो (जापान) । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा स्वतन्त्र सांसद डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ जापानको होक्काइदोमा बिक्री सुरु गरिएको छ।

नेपाली समाज होक्काइदोको संयोजनमा शनिबार आयोजित २०८३ सालको नेपाली क्यालेन्डर विमोचन तथा सांस्कृतिक साँझ कार्यक्रममार्फत पुस्तकको औपचारिक बिक्री शुभारम्भ गरिएको हो।

समाजका पदाधिकारीहरूका अनुसार पुस्तक बिक्रीबाट संकलित रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज औजार कारखाना ले सञ्चालन गरिरहेका विभिन्न अनुसन्धान, प्रविधि विकास तथा आविष्कारसम्बन्धी गतिविधिमा खर्च गरिनेछ।

डा. पुनले पुस्तक बिक्रीबाट प्राप्त हुने सहयोगलाई नेपालमा स्वदेशी प्रविधि विकास, अनुसन्धान तथा उत्पादनमूलक परियोजनाहरूलाई थप सशक्त बनाउन उपयोग गरिने बताउँदै आउनुभएको छ।

यस अभियानलाई सहयोग गर्दै नेपाली समाज होक्काइदोले पुस्तक वितरण तथा बिक्री कार्य सुरु गरेको जनाएको छ। समाजका उपाध्यक्ष रोशन निरौलाका अनुसार होक्काइडोमा बसोबास गर्ने नेपालीहरूले समाजका आधिकारिक प्रतिनिधिमार्फत पुस्तक खरिद गर्न सक्नेछन्।

समाजले पुस्तक खरिदमार्फत डा. पुनले अगाडि बढाइरहेका नवप्रवर्तन र औद्योगिक पुनर्जागरणका अभियानमा साथ दिन सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।

नेपालको आविष्कार र उत्पादनमूलक अभियानलाई सहयोग गर्ने उद्देश्यसहित पुस्तक बिक्री अभियानले प्रवासमा रहेका नेपालीहरूबीच रहेका सकारात्मक उत्साह थपेको छ।