काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल कारबाही कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी भएको हो ।
अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गर्दै सरकारले बदनीयतपूर्वक गभर्नरलाई निलम्बन गरेको जिकिर गर्नुभएको थियो ।
प्रतिक्रिया