Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
रुखको छहारी लागेपछि एमालेले जिताएकाहरुले विकासका काम देख्न छाडेः पूर्वमन्त्री नेम्वाङ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

रुखको छहारी लागेपछि एमालेले जिताएकाहरुले विकासका काम देख्न छाडेः पूर्वमन्त्री नेम्वाङ

चिन्तन खबर

फिदिम । पूर्वमन्त्री एवं पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले विगतमा नेकपा (एमाले)ले जिताएर जनप्रतिनिधि बनाएकाहरुले गठबन्धनको नाममा काँग्रेसको पछि लागेपछि विकासका काम देख्न छाडेको वताउनु भएको छ । एमालेका साथमा रहुन्जेल विकास र समृद्धिका कयौं काम गरेको वताउनेहरु ती सबै कामको जस जनताले एमालेलाई दिने भएपछि विकास नै नभएको वताउन थालेको नेम्वाङको भनाई छ ।

आज पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा आयोजित नेकपा (एमाले) र जनता समाजवादी पार्टीको संयुक्त भेला एवम् चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारले फाल्गुनन्दमा सुरुआत गरेका अर्बौँ लागतका योजनाहरुको जस जनताले एमालेलाई दिन लाग्दा कतिपयको निन्द्रा हराएको वताउनुभयो ।

“विगतको संघीय सरकारले कुनै पनि काम गरेन भन्नेहरुले ७९ करोड लागतको उत्तरे-यासोक सडक कालोपत्रे, नौ करोड लागतमा ५ शैय्याको अस्पताल, आठ करोड लागतको नवमीडाँडा घुर्विसेपञ्चमी वैकल्पिक सहायक राजमार्ग समेत देख्न छोडेछन्”, नेम्वाङले भन्नुभयो, “प्रदेश सरकार लगायत अन्य निकायले पाँच वर्षमा के कति बजेट ल्याए ? जनताले देखेका छन् ।”

गत उपनिर्वाचनबाट बीरबहादुर कुरुम्बाङ फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष बनेपछि फाल्गुनन्दले विकास, सुशासन र समृद्धिको खाका बनाउन सफल भएको वताउँदै पूर्वमन्त्री नेम्वाङले फाल्गुनन्दमा केही काम नभएको देख्नेहरुले दिन दहाडै जनतालाई ढाँटेको वताउनुभयो । “यसरी ढाँट्नेहरुलाई जनताले सूर्य चिन्ह मतदान गरी सजाय दिनु हुनेछ”, नेम्वाङले भन्नुभयो, “तीनै तहका सरकारमा एमाले आएपछि विगतमा सुरुआत भएका तथा नयाँ विकासका योजनाहरु अगाडि बढ्ने छन् ।”

नेम्वाङले पाँच दलको गठबन्धनको उद्देश्य एमालेलाई हराउनु भएको तर एमालेको उद्देश्य चुनाव जितेर विकास र समृद्धिका काम गर्नु रहेको वताउनुभयो । “अपवित्र गठबन्धन के का लागि भनेर जनताले बुझिसकेका छन् । एमालेले सरकार बनाए विकासका काम हुन्छ भनेर गठबन्धन बनेको हो”, नेम्वाङले भन्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लालध्वज नेम्वाङ, एमाले जसपा गठबन्धनका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षका उम्मेद्वारहरु लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा काँग्रेस परित्याग गरी १५ जनाले एमालेमा प्रवेश गरेको एमाले फाल्गुनन्दका अध्यक्ष विनोद आङदेम्बेले जानकारी दिनुभयो ।