Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
दुईवटा हत्यामा संलग्न पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

दुईवटा हत्यामा संलग्न पक्राउ

चिन्तन खबर

इलाम । इलाममा भएका दुई छुट्टाछुट्टै हत्यामा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया विनिता काफ्ले र देउमाई नगरपालिका–७ का सन्तोषवाला राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरी दुईवटा घटनाका हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले इलाम–८ सिङफिरिङकी काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यापछि शव गाडेको अवस्थामा फेला पारेको र पछि काफ्लेका दाजु दिनेश काफ्लेले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गराउनुभएको थियो । किटानी जाहेरीपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रममा यही २० गते महभिरको जङ्गलबाट रिमाललाई पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार मृतक काफ्ले र अभियुक्त रिमालबीच विगत १० वर्षदेखि चिनजान रहेको र तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको बताइएको छ । मृतक काफ्ले र रिमालबीच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि रिमालले उनको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाइ छ ।

मृतक काफ्लेका श्रीमान्को दुई वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियो । उहाँहरूको चार वर्षीय एक छोरी रहेको बताइको छ । मृतक र अभियुक्तबीच आर्थिक लेनदेनसमेत हुने गरेको थियो । काफ्ले यही वैशाख १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको ज्यान लिएको बताइएको छ ।

यता इलाम देउमाई नगरपालिका–७ का सन्तोषवालाको हत्या अभियोगमा सोही स्थानका भूपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही १७ गते शुक्रबार देउमाई–७ चुलीगाउँस्थित पूर्णबहादुर दहालको भिरालो जमिनमा सन्तोषवालाको शव फेला परेको थियो । खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा संलग्न भएको भन्दै भूपेन र चन्द राई दाजुभाइलाई पक्राउ गरेको छ । उनीहरूलाई पनि आज नै सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी थापाका अनुसार मदिरा सेवन गरेर सन्तोषवालाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सन्तोषवालाको भूपेन र चन्द्रले ढुङ्गा प्रहार गरी हत्या गरेको बताइएको छ । दुई व्यक्तिसहित हत्यामा प्रयोग भएको ढुङ्गासमेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।

मृतककी श्रीमती सीता राईले यही वैशाख १६ गतेको घटनामा संलग्न भएको भन्दै कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो । दुवै घटनामा संलग्नलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।