फिदिम । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तेह्रथुममा सबै मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलका अनुसार मतगणनालाई ब्यवस्थित र मर्यादित बनाउन तेह्रथुमका सबै स्थानीय तहका मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको हो । मतगणना स्थललाई धाँधलीरहित बनाई चुस्त सुरक्षा ब्यवस्थाका लागि सीसी क्यामेरा जडान गरी मतगणना अगाडि बढाउन लागिएको हो । तेह्रथुमका छ वटै स्थानीय तह र ४३ वटै वडामा निर्वाचन सामग्री पु¥याइनुका साथै मतदानका लागि मतदानस्थल निर्माण र ब्यवस्थापनको कार्य समेत सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तेह्रथुममा छ वटा स्थानीय तहका ४३ वडामा २२७ पदका लागि ५८३ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमा आठराई गाउँपालिका वडा नं. ५ र लालीगुँरास नगरपालिका वडा नं. ७ का दुई दलित महिला वडा सदस्य निर्विरोध भइसकेका छन् । अब २२५ पदका लागि मात्रै निर्वाचन हुनेछ ।
जिल्लामा ७२ हजार ८ सय ९५ मतदाता रहेका छन् । तेह्रथुममा ५७ मतदानस्थल र ९५ मतदान केन्द्र रहेका छन् । हिँजोबाट सुरु भएको मौन अवधिमा निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने र मतदातालाई त्रसित बनाउने, प्रलोभनमा पार्ने कुनै पनि गतिविधि नगर्न समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपील गरेको छ ।
प्रतिक्रिया