Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रहरीको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु, दुई जना घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रहरीको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु, दुई जना घाइते

विपुल अधिकारी

उदयपुर । मतदान केन्द्र सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोली लागेर कटारी नगरपालिका–१० सोरुङ्गछबिसेमा शुक्रबार एक युवकको मृत्यु भएको छ । एक बालक र प्रहरी जवान घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली छातीमा लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेका अर्का १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएका छन । उनी घरमा बसिरहेका थिए । त्यसैगरी सर्वसाधारणसँगको झडपमा टाउकोमा ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ । कालिका मावि मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि गोली चलेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

मृतक कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् । चन्द समूहका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन् । उनले कांग्रेस कार्यकर्ताले फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताए ।

प्रजिअ यादवले मतदान प्रक्रिया ५ बजेर २० मिनेटमा सकेपछि दलका कार्यकर्ताबीच विवाद उत्पन्न भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए ।उनले भने, ‘मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामा समेत हस्ताक्षर गर्दैगर्दा अकस्मात बाहिरबाट ढुगांमुढा हुन थालेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।’ सिलबन्दी गर्नेक्रममा ५०–६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त भएको प्रजिअ यादवले बताए । ‘स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले हवाई फायर गरेको हो,’ उनले भने ।

कालिका मावि सोरूङ छबिसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना रहेका थिए । त्यसैगरी प्रहरी निरीक्षकको कमान्डमा मोबाइल गस्ती र बाहिरी भागमा नेपाली सेना पनि रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले बताए । उनले पहाडी भेग रहेकाले फोन सर्म्पक हुन नसकेको र विस्तृत विवरण आउन नसकेको बताए ।

प्रहरीले एसएलआरबाट ४ राउन्ड र थ्रीनटथ्री राइफलबाट ४ राउन्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ । कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकीकृत समाजवादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार रहेका छन् ।

मतपेटिका सुरक्षित

मतदान प्रक्रिया पूरा भई मुचुल्कासमेत गरेर बन्द गरिएको कालिका मावि सोरुङको मतपेटिका सुरक्षित रहेको प्रमुख निर्वाचन अधिकृत दीपक खनालले वताए । उनका अनुसार मतपेटिका, मतदान अधिकृत सबै सुरक्षित रहेको र मतपेटीका संकलन गर्ने क्रममा रहेको उनले वताए । मतपेटिका कटारी नगरपालिकको केन्द्र कटारी ल्याउने तयारी गरिएको छ ।

त्यसैगरी त्रियुगा नरपालिका–१२ पुरानो गाईघाट मावि मतदान केन्द्रमा वर्षाको कारण ढिलाइ भएर विवाद भए पछि मतदान पुनस् गर्ने गरी रद्द गरिएको छ । यी दुई घटनाबाहेक उदयपुरमा मतदान प्रक्रिया शान्तिपूर्वक सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत खनालले बताए ।