पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा

चिन्तन खबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफु प्रयासरत रहेको बताउनुभएको छ । बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उहाँले आफुले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो निवासमा एक संक्षिप्त बधाई कार्यक्रम राख्दै सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो‘ आगामी दिनमा समाजले मकवानपुर केन्द्रीत गरी अझ व्यापक र फराकिलो ढंगले मानवीय र सामाजिक काममा भूमिका बढाउनुपर्छ, त्यसका लागि मेरो व्यक्तिगत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट सहयोग गर्न सधैं तयार छु ।

समाजका अध्यक्ष अरुणकुमार गुरुङले मञ्चले अहिले झैं आगामी दिनमा पनि राजनीतिक भावना भन्दा माथी उठेर विशुद्ध सामाजिक काममा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव माधवप्रसाद तिमल्सीना , मञ्चका सल्लाहकार डा। अंगुर कार्की, रबिन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।