पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेमीबाटै ‘ग्याङ रेप’को शिकार बनिन् किशोरी, जन्मदिन मनाउन बोलाएर बलात्कार

फेसबुकबाट एक वर्ष अघिदेखि प्रेममा थिए उनीहरु

चिन्तन खबर

काठमाडौं । फेसबुको प्रेमका कारण बाँकेकी एक किशारी सामूहिक बलात्कारको शिकार भएकी छिन् । बाँकेकी १६ वर्षिया एक किशोरीलाई जन्मदिनमा बोलाएर सामूहिक बलात्कारको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–८ का १७ वर्षीय हेमराज थारु र राप्ती गाउँपालिकाकी ती किशोरी एक वर्षअघि फेसबुक फ्रेण्ड बनेका प्रहरीको अनुसन्धानले खुलाएको छ ।

त्यसपछि उनीहरु फेसबुकबाटै प्रेममा परेका थिए । हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् । ती किशोरी जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

उनीहरूले साँझ मानखोलाको फूलबारीमा पुगी जन्मदिन मनाउने भन्दै मदिरा खाने र किशोरीलाई समेत खुवाएको प्रहरीको अनुसन्धामा खुलेको हो ।

बाँके प्रहरीले बलात्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् ।

किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ–८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा लगिएको थियो । त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरेका थिए ।

बलात्कारपछि बेहोस अवस्थामै भे. ३ प ३५२७ नम्बरको मोटरसाइकलको बीचमा राखेर लैजाँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । विश्वनाथ र निर्देशन थारुले मोटरसाइकलको बीचमा अर्धचेत अवस्थामा किशोरीलाई लैजादै गरेको भेटेपछि प्रहरीले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।