काठमाडौं । काठमाडौं जिल्लाको दक्षीणकाली मन्दिर आसपासको जंगलमा एक किशोर र एक किशोरीको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार अन्दाजी २०–२२ वर्षका जस्ता देखिने उनीहरुको शव घोप्टो परेका अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार मृतहरुको नजिकै विषको बट्टा फेला परेको छ । घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ ।
घाँस काट्न गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
विषको बट्टा फेला परेपनि उनीहरुको मृत्युको कारण भने अनुसन्धान पश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया