काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रसाद बाँस्कोटाले कृषकलाई मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानकर्षण भएको भन्दै मल उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
उहाँले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गर्नुभयो । उहाँले भन्नुभयो– ‘माननिय सदस्यहरु खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’
प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकार सँग माग गरेका थिए ।
प्रतिक्रिया