विराटनगर । ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
ईलामको रोङ गाउँपालिका–४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउँसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदा ट्याक्टर चालक सुर्योदय नगरपालिका–१२ का २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको प्रदेश–१ प्रहरीले जनाएको छ ।
त्यस्तै, झापाको गौरादह नगरपालिका–१ सितापुरी स्थित भित्री सडक खण्डमा हिजो बेलुका ५ बजे मे १ त ७४३१ नम्बरको ट्याकटरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरीका अनुसार स्थानीय राम प्रसाद अधिकारीको ९ बर्षीय छोरा गौरव अधिकारीको मृत्यु भएको हो ।
ट्रयाक्टरले ठक्कर दिएका अधिकारीलाई उपचारका लागि दमक अस्पताल पुर्याउने वितिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउँपालिकाका २६ बर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया