Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
इलाम जिसस प्रमुखमा एमालेका जयप्रकाश राई विजयी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

इलाम जिसस प्रमुखमा एमालेका जयप्रकाश राई विजयी

चिन्तन खबर

मंगलबारे । जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित हुनुभएको छ ।

प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी हुनुभएको हो भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रसकी कमला अधिकारी बराललाई हराउँदै विजयी हुनुभएको हो । प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गर्नुभयो

सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बू, सीता कार्की र मीनाकुमारी राई निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित हुनुभएको छ ।

महिला सदस्यमा एमाले र समाजवादीका उम्मेदवार मीना कुमारीको १२ मत आउँदा अरु दुई सदस्यले १३–१३ मत प्राप्त गरेका छन् भने कांग्रेसका दुई उम्मेदवारले सात–सात मत प्राप्त गर्नुभएको छ । त्यस्तै दलित महिला सदस्यमा कांग्रेसका पार्वती विकको सात मत आएको थियो । एकीकृत समाजवादीका उम्मेदवारले १२ मत प्राप्त गर्नुभएको थियो । सदस्यमा एमालेका तीन उम्मेदवारले १२÷१२ मत प्राप्त गर्दा कांग्रेसका राजकुमार लिम्बू र विष्णुप्रसाद भट्टराईले आठ–आठ मत प्राप्त गर्नुभएको थियो ।

जिसस निर्वाचनमा इलाममा एमाले र समाजवादीले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । कांग्रेसले एक्लै मनोनयन गरेको थियो । एमाले र एकीकृत समाजवादीको गठबन्धनमा एमालेले प्रमुखसहित छ पदमा र एकीकृत समाजवादीले उपप्रमुख तथा दुई सदस्यमा उम्मेदवारी दिएको थियो ।

जिल्लाका १० स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २० मतदाता रहनुभएको थियो । २० मध्ये एमाले–एकीकृत समाजवादी गठबन्धनतर्फ १२ मतदाता, कांग्रेसतर्फ सात र जसपाका एक जना रहनुभएको थियो । यसअघि पनि सूर्योदय नगरको कार्यपालिका गठनमा एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।