पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिपक अर्यालको तीज गीत “ठुली” सार्वजनिक (भिडियोसहित)

चिन्तन खबर

जापान, होक्काइदो। नजिकिँदै गरेको नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै जापानमा छायांकन गरिएको नयाँ तीज गीत “आउ नाचम ठुली” सार्वजनिक गरिएको छ।

दिपिका ब्याम्बु स्वर तथा दिपक अर्यालको शब्दमा रहेको गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गीतको रेकर्डिङ मालाश्री स्टुडियो र डिजिटर स्टार स्टुडियो मा सम्पन्न भएको छ।

यो तीज गीत Dipak Aryal Official YouTube Channel मार्फत सार्वजनिक गरिएको हो ।

विदेशी भूमिमा नेपाली संस्कृति, परम्परा र तीज पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ जापानमा छायांकन गरी सार्वजानिक गरिएको यो गीतले दर्शकको मन जित्ने निर्माण पक्षले जनाएको छ ।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस: