Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सडक सुरक्षाका लागि यातायात नीति आवश्यकः पूर्वमन्त्री नेम्वाङ(भिडिओ) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सडक सुरक्षाका लागि यातायात नीति आवश्यकः पूर्वमन्त्री नेम्वाङ(भिडिओ)

‘जिम्मेवार संस्थागत निकाय बनाउनु आवश्यक’

विपुल अधिकारी

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सडक सुरक्षाका लागि यातायात नीति आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा आयोजित नेपालमा सडक सुरक्षाको विषयमा नीतिगत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यातायात नीति मात्र नभएर यातायात ऐन मार्फत सडक दुर्घटना न्युनिकरण गर्न सकिने बताउनुभएको हो ।

देश संघियतामा प्रवेश गरेपछि मापदण्ड कार्यान्वयन गर्न कुन-कुन निकायहरुलाई दिने भनि तोकिनु पर्ने पनि उहाँले बताउनुभयो । तीन वटै तहलाई जिम्मेवारी दिने गरी सरकारले ऐन ल्याएर कार्यान्वयनमा ल्याउनुपर्ने नेम्वाङको जोड थियो ।

‘सडक सुरक्षा ऐन पहिले नै बनाइएको हो २ वर्ष देखि अगाडि बढाईको होे । अर्थमन्त्रालयले सहमति नदिएर फर्किएर आएको छ । छलफल भएर अहिले यातायात मन्त्रालयमा अन्तिम स्टेजमा छ भनेका सुनेका छु ।’–उहाँले भन्नुभयो ।

जिम्मेवार संस्थागत निकाय बनाउनु आवश्यक छ । अन्य देशमा विभिन्न समस्या समाधानका लागि सोहि खालका संस्था हुन्छन् । नेपालमा सडक सुरक्षाका लागि जिम्मेवार संस्थागत निकाय चाडो भन्दा चाडो बनाउनु पर्ने देखिन्छ । सम्बन्धित निकायहरुले भरपर्दौ र इमान्दारी रुपमा आफ्नो प्रतिबद्धताका साथ यस विषय चलाएर अघि बढ्नुपर्छ ।

उहाँले भन्नुभयो– ‘जिम्मेवार संस्थागत निकाय बनाउनु आवश्यक छ । अन्य देशमा विभिन्न समस्या समाधानका लागि सोहि खालका संस्था हुन्छन् । नेपालमा सडक सुरक्षाका लागि जिम्मेवार संस्थागत निकाय चाडो भन्दा चाडो बनाउनु पर्ने देखिन्छ । सम्बन्धित निकायहरुले भरपर्दौ र इमान्दारी रुपमा आफ्नो प्रतिबद्धताका साथ यस विषय चलाएर अघि बढ्नुपर्छ ।’

विभिन्न देशहरुमा सडक सुरक्षाका कार्यक्रम हुने तर त्यहाँ हुने कार्यक्रममा संस्थागत मान्छे आवश्यक हुने उहाँको भनाई छ । उहाँले जिम्मेवार संस्थाको जिम्मेवार व्यक्तिले त्यस्ता कार्यक्रममा भाग लिएर आफ्नो देशमा आवश्यक नीति बनाउन सक्ने उहाँको भनाई छ ।

जनचेतनाका कार्यक्रमहरु प्रभावकारी ढंगबाट हुनुपर्ने नेम्वाङले सुझाव दिनुभएको छ । स्थानिय तहहरुसंगको समन्वयन गरेर विद्यालयहरुमा जनचेतना जगाउनु पर्नेमा उहाँको भनाई छ ।

मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राई (पौडेल), प्रतिनिधिसभा सदस्य गणेश पहाडी, सह–सचिव केशव शर्मा, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति तथा विभिन्न स्थानियतहका प्रतिनिधि, सम्बान्धित संघ–संस्थाका प्रतिनिधिहरुले सडक सुरक्षाका लागि प्रभावकारी नीति र ऐन आवश्यक पर्ने बताउनुभएको छ ।