Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
राष्ट्रिय गीतहरुको एल्बम ‘देश’ र ‘शार्दूल’ अंक ५ विमोचन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

राष्ट्रिय गीतहरुको एल्बम ‘देश’ र ‘शार्दूल’ अंक ५ विमोचन

चिन्तन खबर

काठमाडौं । जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा राष्ट्रिय गीतहरुको एल्बम ‘देश’ र ‘शार्दूल’ अंक ५ विमोचन गरिएको छ । मदन भण्डारी कला सहित्य प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरिएको कार्यक्रम मार्फत आज विमोचन गरिएको हो ।

प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेपाल प्रज्ञा–प्रतिष्ठाका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ र ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यसहितको सहभागितामा आज लोकापर्ण गर्नुभएको हो ।

गीतहरुको एल्बम ‘देश’मा गीतकार यादव खरेल, डा कृष्णहरि बराल, दिनेशहरि अधिकारी, रमण घिमिरे, उन्नती बोहरा ‘शीला’, गणेश रसिक, मञ्जुल, श्याम तमोट र डा विजय सुब्बाद्वारा लिखित समावेश गरिएका छन् । सङ्गीततर्र्फ दीपक जङ्गम, अशोक राई, शिलाबहादुर मोक्तान, टीका भण्डारी, पारस मुकारुङ, एनबी जनकपुरी, सुरेन्द्र श्रेष्ठ र राजु सिंह तथा गायनतर्फ भीषण मुकारुङ, सुरेन्द्र श्रेष्ठ, साजन राई, सञ्जय तुम्रोक, श्रेयासी चेम्जोङ, रुपक डोटेल, दीपा सुहाङ, अजर जङ्गम, शोभा पाण्डे, निर्मला तामाङ, निभा डङ्गोल, बागिना किराँती राई, रेवत राईले एल्बममा साथ दिनुभएको छ ।
उपमहासचिव ज्ञवालीले कला र संस्कृतिका माध्यमबाट समाजमा जागरण सिर्जना गर्न देशको समृद्धिको लक्ष्यमा सघाउन एल्बमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । ज्ञवालीले मदन भण्डारी सम्झदै भन्नुभयो– ‘असाध्यै छोटो जीवन बाचेरपनि राजनीतिमा असाध्यै ओजनदार प्रभाव छोडेर जानुभएको छ । उहाँ जिवित छदै र उहाँको जिवन पर्यन्तसमेत उहाँका पदचापहरु नेपालको राजनीतिमा जुग जुग रहिरहने छ ।’

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य , नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), मदन भण्डारी फाउण्डेशनकी सचिव पेम्बा लामा लगायतको विशेष उपस्थिति थियो ।

कार्यक्रममा वरिष्ठ गीतकार यादव खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा नेपाल, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट,नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, जगत प्रसाद उपाध्याय, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे,लगायत कालाकार र गीतकार एवं वरिष्ठ व्यक्तित्वको आतिथ्यता थियो । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका उपाध्यक्ष भूमिका सुब्बाले स्वागत मन्तव्य राख्नुभएको थियो । मदन भण्डारी कला सहित्य प्रतिष्ठानका डा. विजय सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।