काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन भएसँगै उहाँले राजीनामा दिनुभएको हो ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामा दिदै शर्माले भन्नुभयो–‘ छानमिन समितिले ल्याउने सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियान अगाडि बढाउछु । मलाई एउटामात्र हैन हजारौं छानमिन गरियोस् ।’
प्रतिक्रिया