Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
याङवरक कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

याङवरक कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित


नेत्र कोइराला, थर्पु

पाँचथरको याङवरक गाउँपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ ।

शनिवार याङवरक–६ स्थित गणेश माध्यमिक विद्यालयमा आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिले सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै याङवरक कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको हो । १८ वर्षभन्दा बढी उमेरका ९६ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको तथ्याङ्कका आधारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे र जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले याङवरकका अध्यक्ष भीमबहादुर योङ्या र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । याङवरक कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने जिल्लाको पहिलो स्थानीय तह समेत बनेको छ ।

कार्यक्रममा अध्यक्ष योङ्याले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित बनाउन गरिएका कार्यहरु उल्लेखित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोभिड–१९ विरुद्धको खोप प्रशस्तै प्राप्त हुन थालेपछि गाउँपालिकाले वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, टोल विकास समितिहरु, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, शिक्षकहरु लगायतलाई परिचालन गरी १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने वातावरण तयार पारेको अध्यक्ष योङ्याले वताउनुभयो । सामूहिक प्रयासबाट १८ वर्ष माथिका ९६ प्रतिशत गाउँपालिकावासीले खोप लगाउने कार्य सम्भव भएको भन्दै उहाँले सबै पक्षलाई धन्यवाद पनि दिनुभयो ।

कोभिड–१९ सङ्क्रमणको महामारी याङवरकका दूरदराज ग्रामीण वस्तीहरुसम्म फैलिएको थियो । जसक्रममा कोभिड–१९ सङक्रमणका कारण ६ जना गाउँपालिकावासीको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनले जानकारी दिनुभयो । कार्यक्रममा कोभिड–१९ सङ्क्रमणको महामारीमा गाउँपालिकाले गरेका प्रयासहरुको चर्चा समेत गरिएको थियो ।

जिल्लाको पहिलो स्थानीय तहका रुपमा याङवरकले कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका निर्माण गरेकामा जिल्ला खोप समन्वय समितिका प्रमुख आङदेम्बे, सदस्य सचिव तुम्बापो, छिमेकी हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, सुआहारा कार्यक्रम फिदिमका प्रमुख सुवास गौतम लगायत वक्ताले गाउँपालिकाको अथक प्रयासको प्रसंशा गर्नुभएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख आङदेम्बेले याङवरकको प्रयास, एकता र क्रियाशीलताबाट अरु स्थानीय तहले पाठ सिक्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका निर्माणका लागि सहयोग गर्ने जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, सुआहारा कार्यालय फिदिम लगायतलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेको छ । यस्तै उक्त कार्यक्रमलाई सफल पार्न अथक प्रयास गर्नेहरु मध्येबाट उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट शिक्षक, उत्कृष्ट टोल विकास संस्थाका सदस्य, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई गाउँपालिकाले प्रसंशापत्र सहित धन्यवाद दिएको छ ।

यस्तै सबैभन्दा बढी याङवरक–६ का ९८ प्रतिशत नागरिकलाई खोप लगाउन सफल भएको भन्दै गाउँपालिकाले याङवरक–६ स्थित नागी स्वास्थ्य चौकीलाई रु. ५ लाख पुरस्कार प्रदान गर्ने घोषणा समेत गरेको छ । घोषणा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, राजनीतिक दलका तथा नागरिक संघ संस्थाका प्रतिनिधिहरु, सरोकारवाला स्थानीयवासीहरुको सहभागिता थियो ।