Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
‘छेलिएको अनुहार’ सार्वजनिक « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

‘छेलिएको अनुहार’ सार्वजनिक

चिन्तन खबर

काठमाडौं । वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक पुस्तक सार्वजनिक भएको छ ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौँ उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, सन्तोषी वनकारिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र वरिष्ठ साहित्यकार तुलसी थापाले संयुक्तरूपमा शनिबार सो पुस्तकको विमोचन गर्नुभएको थियो ।

विसं २०४९ फागुन १३ गतेबाट कान्तिपुर दैनिकमा आबद्ध हुनुभएका पत्रकार विष्टले विसं २०५० मा मकवानपुर जिल्लाका अल्पसङ्ख्यक चेपाङ समुदायका विषयमा लेख्न सुरु गर्नुभएको थियो ।

विसं २०५२ मा वनमै रहेका वनकारिया समुदायको समाचार लेख्नुभएका विष्टलाई चेपाङ र वनकारिया पत्रकारका रूपमा उपमासमेत दिने गरिएको थियो । सोही विषयलाई समेटेर सो पुस्तक लेखिएको बताइएको छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेख निखिलको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा डा तारालाल श्रेष्ठ, चितवनका प्राध्यापक एवं साहित्यकार भूपिन, मकवानपुरका साहित्यकार तुलसी थापा र पत्रकार एवं लेखक चन्द्रकिशोर झाले विमोचित पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।