पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सिद्धबाबा’लाई साधारण तारेखमा छोड्नु पीडित पक्षमा मनोवैज्ञानिक असरः शिवमाया तुम्बाहाम्फे

मौलिक हकको वर्खिलाप

चिन्तन खबर

काठमाडौं । आफ्नै अनुयायीलाई बलात्कारको मुद्दा लागेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई साधारण तारेखमा छोडेर खुलमखुल्ला महायज्ञ गर्न दिनु पिडित पक्षमा मनोबैज्ञानिक असर पर्ने पूर्व कानुन, न्याय र संसदीय मामिला मन्त्री तथा एमाले नेता शिवमाया तुम्बाहाम्फेले दावी गर्नुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै तुम्बाहाम्फेले सुनसरी जिल्ला अदालतमा विचाराधिन मुद्दासँग जोडिएकाा सिद्धबाबाको महायज्ञमा सरकारी वकिल कार्यालयका महान्यायीदिवत्ता तथा सरकारका मन्त्रीसमेत सहभागि भएर मुलुकका नेपाली महिलाले के ठानेका छन भनेर सोच्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘साधारण तारेखमा छोड्ने न्यायाधिसको कार्यकुशलाता प्रति प्रश्न उठेका छन् । यस विषयमा सरकारले सोच्नु पर्छ । कानुनको कार्यान्वयन गर्नुपर्छ ।’

उहाँले सर्वोच्च अदालत र पुनरावेदन अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तर, साधारण तारेखमा छोडिएको विषयमा उहाँले छानमिन गर्नुपर्ने मागसमेत गर्नु भयो ।

तुम्बाहाम्फेले मौलिक हक को धारा ३८ (३)मा मनोवैज्ञानिक रुपमा असर गर्ने कुनैपनि काम गर्नु हुँदैन भनेर । तर, सरकारका मन्त्री समेत त्यो महायज्ञमा जादा पिडित पक्षमा के भयो होला ? धर्ममा आस्था राखेर महायज्ञ गर्नु स्वभाविक हो । तर आरोपित व्यक्तिको विषयमा फैसला नभई त्यस्तो कार्यमा संलग्न गराउनु हुदैन यसप्रति सरकारको ध्यानाकर्षण हुनु जरुरी छ ।’