मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागूऔषध गाँजासहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती साढे १० बजे बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ बन्दाकोपी बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ ख ८६७७ नम्वरको मिनि ट्रकलाई शंका लागेर चेकजाँच गर्ने क्रममा बोराले छोपी लुकाई राखेको गाँजा बरामद गरेको हो ।
ट्रकबाट ६ बोरा (१५६ किलो) गाँजा बरामद गरेको भउको प्रहरीले जनाएको छ । अवैध गाँजा फेला परेपछि उक्त नम्बरको ट्रक र ट्रक चालक शहिदभूमि गाउँपालिका–३ धनकुटाका बिवेक राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया