एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन् । श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की दिएको कोलम्बो ग्याजेटले जनाएको छ ।
विक्रमासिंघेले भने, “मसँग जाने घर नभएकाले प्रदर्शनकारीलाई त्यस्तो माग नगर्न आग्रह गरिरहेको छु।” यसअघि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनको निवासमा आगजानी गरेका थिए ।
राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तीब्र विरोधबीच उनी केही दिनअघि श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया