काठमाडौं । नेकपा(एमाले)ले आज महङ्गीविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । गठबन्धनको सरकार निर्माणभएपछि मंहङ्गी बढेको भन्दै एमालेका विभिन्न भ्रातृसंस्थाहरूले काठमाडौंको बसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुस निकालेका थिए ।
‘‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नाराका साथ प्रदर्शन गरिएको हो ।
बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीहरु शान्तिबाटिकासम्म पुगेका थिए । प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता थियो ।
जुलुस बसन्तपुरबाट असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको छ ।
कोण सभालाई सम्बोधन गदैए नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकार माफियाको भएको प्रमाणित भइसकेको ठोकुवा गर्नुभएको छ ।
पोखरेलले सरकार खुलेरै माफियाको पक्षमा लागेको तथ्य बाहिर आइसकेको बताउनु भयो ।
प्रतिक्रिया