काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कोरोना संक्रमित बन्नुभएको छ । उहाँको निजि सचिवालका अनुसार आज गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् ।
उहाँलाई निमोनियाको लक्षण पनि देखिएको छ ।
स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
प्रतिक्रिया