काठमाडों । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । प्रदेश १ सहित केहि स्थानमा बर्ष भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
अबको २४ घण्टा देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको अनुमानसहित बाढी-पहिरोको सम्भावित जोखिमबाट सतर्क रहन महाशाखाको अनुरोध छ ।
प्रतिक्रिया