झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट अबैध रुपमा भारततर्फ लैजाँदै गरेको ३३५ केजी सुपारी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाटै १६० केजी सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया