मोरङ । बिराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिवार राती ९ बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते मुखियालाई उपचारका लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया