Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु

चिन्तन खबर

झापा । झापामा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–९ आइतबारे बस्ने सुस्मा सुन्दासकी छोरी एन्जिला सुन्दास र सोही ठाउँका ध्रुव राईका छोरा सिकुम राईको पानीमा डुबेर मृत्यु भएको हो । मृतक बालिकाको उमेर अनुमानित ११ वर्ष र बालकको उमेर अनुमानित १२ वर्ष भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्न जाने भनी घरबाट हिँडेका उनीहरू अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा कन्काई सिँचाई नहरको डिलमा उनीहरूले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले स्थानीयसमेतको सहयोगमा खोजतलास गरेको थियो ।

उनीहरूको शव कपडा राखेको स्थानदेखि ४ किलोमिटर पश्चिम शिवसताक्षी नगरपालिका–७ स्थित सताक्षी खोलामा डुबेको अवस्थामा फेला पारेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।